६ जेष्ठ २०८१, आइतबार

सहकार्यबाट अघि बढनुको विकल्प छैन : मन्त्री पण्डित


Lalbabu Pandit

१६ असार, नेपालगन्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा अनेकन सास्ती र अन्यौलता भएपनि समन्वय र सहकार्यवाट अघि बढनुको विकल्प नभएको बताउनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पण्डितले मुलुकमा राजनीतिक र संवैधानिक संक्रमण सकिए पनि प्रशासनिक संक्रमण बाँकी रहेकाले यसको व्यवस्थापनमा सबै जुट्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले तीन तहका सरकारबीच सन्तुलित सम्बन्ध कायम गर्न अहिले संघीय सरकारले आवश्यक गृहकार्य थालनी गरेको बताउँदै बाझिएका कानून र क्षेत्राधिकार बारेको अस्पष्टताको अन्त्य छिट्टै हुने विश्वास दिलाउनुभयो ।

नगर प्रमुख डा धवलशम्शेर राणाले नगरको विकासमा जनप्रतिनिधिको साझा धारणा रहेको भन्दै सहकार्य, समन्वय र समझदारीवाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीले नगरपालिकाबाट सञ्चालित विकास योजनाका विषयमा मन्त्री पण्डितलाई जानकारी गराउनुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु