१३ पुस २०८१, शनिबार

आज पनि सकिएन रविको बयान, सम्भवत: भोलि सकिने


रवि लामिछाने फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बयान आज पनि सकिएन । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पूर्वगृहमन्त्री लामिछानेको बयान आज पनि नसकिएको हो ।

सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट झिकाइएका लामिछानेको बयान भोलि सोमबार सकिने प्रवल सम्भावना रहेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा लामिछानेको बयान जारी रहेको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

जिल्ला अदालत कास्कीको आदेशबाट पटक–पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ । भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !