काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा आइतबार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले आज बिहान ११ बजेसम्ममा २५ प्रतिशत मत खसेको विवरण प्राप्त भएको बताएकी हुन् ।
स्थानीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहमा रिक्त ४१ पदका लागि बिहान ७ बजेदेखि मतदान जारी रहेको छ । साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ ।
यसपटक मेयर, उपमेयर, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ । मतदान सकिएलगत्तै वडाहरूको मतगणना सुरु गर्ने तयारी छ ।