८ पुस २०८१, सोमबार

ओलीले ठट्टा गर्दै भने – अमेरिकाका बैंकको आधा सम्पति मेरै हो ल !


केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाका बैंकको आधा सम्पति मेरै हो ल भन्दै ठट्टा गरेका छन् ।

काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले विदेशमा आफ्नो लगानी रहेको भन्नेहरुलाई जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्री ओलीले कम्बोडियामा ३२ हजार करोड लगानी रहेको भन्ने आरोप आरोपका लागि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै तथ्य प्रमाणका आधारमा बहस गर्न चुनौती दिएका हुन् ।

ओलीले भन्न कै लागि अमेरिकाका बैंकमा रहेको आधा सम्पत्ति आफ्नो भनिदिएपनि हुने बताए । उनले भने, ‘कम्बोडियामा ३२ हजार करोड (२१ हजार करोड डलर), स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जान सक्नुहुन्न । भन्दिए भो, त्योमात्रै किन भन्ने अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !