२३ पुस २०८१, मंगलबार

सत्तारुढ दल एमालेको सचिवालय बैठक बस्दै


एमालेको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक अपराह्न ५ बजे बस्ने भएको हो ।

आज बस्ने सचिवालय बैठकमा देशमा विकसित पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने एमाले प्रचार तथा प्रसार विभागले जनाएको छ ।

यसअघि गत असोज २४ गते पार्टी कार्यालय च्यासलमै सचिवालय बैठक बसेको बैठकले पार्टीको नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा भोलिपल्टै एमालेले पार्टी कार्यालयको शिलान्यास गरेयता एमालेको उक्त कदमको चर्को आलोचना हुँदै आएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !