२ कार्तिक २०८१, शुक्रबार

रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी


रवि लामिछाने

पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी भएको छ ।

सहकारी ठगीमा अनुसन्धान गर्न रास्वपाका सभापति लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ रहेका छन् ।

यो पनि पढ्नुहोस्

रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

के रवि लामिछाने पक्राउ पर्न लागेका हुन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !