२ कार्तिक २०८१, शुक्रबार

रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली


रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली फाइल फोटो

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोली रास्वपाको पार्टी कार्यालय पुगेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएर पक्राउ पूर्जी जारी भएलगत्तै सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा कार्यालय पुगेको हो ।

रवि अहिले पार्टी कार्यालयमा छन् । उनी सम्बोधन गर्ने तयारी गरिरहेका छन् । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी गत असोज ६ गते पक्राउ परिसकेका छन् ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

के रवि लामिछाने पक्राउ पर्न लागेका हुन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !