२ कार्तिक २०८१, शुक्रबार

पार्टी कार्यालयबाटै रास्वपा सभापति रवि लामिछाने पक्राउ


पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले आज पूर्वगृहमन्त्री लामिछानेलाई रास्वपा पार्टी कार्यालयबाट आज पक्राउ गरेको हो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएर पक्राउ पूर्जी जारी भएलगत्तै सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली रास्वपा कार्यालय पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले रास्वपाका सभापति लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध’ ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको थियो ।

जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध आजै पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई आज पक्राउ गरेर आजै स्थलमार्गबाट कास्की लैजाने तयारी गरेको छ । सहकारीको रकम अपचलन मुद्धा मुछिएका लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका थिए ।

यस्तै लामिछानेविरुद्ध प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको थियो ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीको पत्राचार

रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी

रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

के रवि लामिछाने पक्राउ पर्न लागेका हुन् ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !