१५ आश्विन २०८१, मंगलबार

नेकपा एमालेको सचिवालय बैठक जारी


नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक राजधानीको एक होटलमा जारी रहेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उनले जानकारी दिए । बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !