१२ आश्विन २०८१, शनिबार

प्रतिनिधिसभा : प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिए ।

सांसद सीताकुमारी रानाले चट्याङ्का कारण नागरिकले अकालमा ज्यान गमाउनुपरेको उल्लेख गर्दै मृतकलाई क्षतिपूर्ति तथा घाइतेको समयमा नै उपचार गर्न सरकारसँग माग गरे ।

“मनसुनजन्य विपद् बाढी पहिरामा परी कैयौँ नागरिकले अकालमा ज्यान गुमाउनुरेको छ, सरकारले यस्ता घटना न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्छ”, उनले भने । सांसद रानाले वातावरणीय मापदण्ड पूरा नगरी विकास निर्माणका काम भएका कारण पहिरोको जोखिम बढेकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

सांसद मनिस झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि ९० दिनसम्म पनि ल्याउन नसकिएको उल्लेख गर्दै समयमै जहाज मर्मत गर्न सरकारलाई सुझाव दिए । सांसद राजेन्द्र बजगाईंले धार्मिक सद्भावमा बाधा पुग्ने काम रोकिनुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !