३ आश्विन २०८१, बिहीबार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत


चेतनारायण आचार्य

देउखुरी, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरेका हुन् । उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !