३१ भाद्र २०८१, सोमबार

व्यवस्थाप्रति नै नकारात्मक सोच हाबी भयो : उपप्रधानमन्त्री सिंह


प्रकाशमान सिंह

काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्थाप्रति नै नकारात्मक सोच हाबी भएको बताएका छन् । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले यस्ताे बताएका हुन् ।

उनले व्यवस्थाप्रति नकरात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको पनि बताए । उनले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने समेत बताए ।

उपप्रधानमन्त्री सिंहले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताउँदै अब कुार भन्दा काम गर्नुपर्नेमा जाेड दिए ।

त्यस्तै अर्काे सन्दर्भमा उनले नेपालमा पढ्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको भन्दै नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताए । उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरु नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने पनि उनले बताए ।

‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदनप्रदान गर्नसक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन्,’ उपप्रधानमन्त्री सिंहले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !