काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले संघीय संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । रास्वपाकी सांसद डा. तोसिमा कार्की नेतृत्वको टोलीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा सङ्घीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी हुन् ।
हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र दूत प्रतिकार्यलाई प्रभावकारी बनाउनुपर्ने सम्बन्धमा प्रस्ताव दर्ता गराइएको हो । प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छिन्।