काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने भएका छन् ।
शुक्रबारदेखि जारी बैठकमा कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वमा उनको विकल्पसमेत खोजेका छन् । नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले खुलेरै जोड दिएका हुन् ।
उपमहासचिव शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेका थिए । यस्तै विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले आफ्ना धारणा राखेका छन् ।