धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आज बुधबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।
मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३६ मत परेको छ । शाहलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।
५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्तिका लागि २७ मत भए पुग्छ । आजको बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको विपक्षमा ८ मत परेको थियो भने तटस्थमा १ मत परेको थियो ।
१० दिनअघि साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेशसभाबाट आज विश्वासको मत पाएका हुन् ।