३१ भाद्र २०८१, सोमबार

अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट


अध्यक्ष प्रचण्डसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

त्यस अवसरमा उनीहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !