४ मंसिर २०८१, मंगलबार

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ


नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

काठमाडौँ । नवनियुक्त तीन जना प्रदेश प्रमुखले शपथ लिएका छन् । आज बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो । राष्ट्रपति पौडेलले बुधबार तीन प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले बुधबार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त भएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !