२२ भाद्र २०८१, शनिबार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त


प्रा. डा. शिवराज अधिकारी

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा. डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका सदस्य अधिकारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को आजको बैठकले पाल्पाका अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् ।

बैठकले आयोगका सदस्यहरुमा डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !