२२ भाद्र २०८१, शनिबार

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला


लीलादेवी गड्तौला

काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छिन् । गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।

सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनलाई असार ३१ गते कायमुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बित भएपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।

करिब एक महिनाभन्दा बढी मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्ने गड्तौला आगामी भदौ १५ गते ५८ वर्षे उमेर हदका कारण गड्तौला अवकाशमा जानेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !