२२ भाद्र २०८१, शनिबार

बागमतीको मुख्यमन्त्रीमा काँग्रेसका बहादुर सिंह लामाद्वारा दाबी पेस


बहादुर सिंह लामा

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) ले दावी पेस गरेका छन् । आज मंगलबार लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

कांग्रेसका ३७ जना र एमालेका २७ जना गरी ६४ जना सांसदकाे समर्थनसहित लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गरेका हुन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि मंगलबार साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । नुवाकाेटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलाे पटक मुख्यमन्त्री बन्ने भएका हुन् ।

उनले २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !