२२ भाद्र २०८१, शनिबार

कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा


कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

काँक्रेविहार, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् । आज मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !