२२ भाद्र २०८१, शनिबार

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै


प्रतिनिधिसभा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने छन् ।

उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने विषय पनि कार्यसूचीमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु