२२ भाद्र २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप


राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । रास्वपाले प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको प्रमुख सचेतक परियारले जानकारी दिए ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन् । प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।

यस्तो छ प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन जारी गरेको रास्वपाको ह्वीप

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन जारी गरेको रास्वपाको ह्वीप


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !