२० असार २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डलाई भोलिसम्म राजीनामा दिन एमालेकाे आग्रह


एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले) ले भोलि बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई भोलिसम्म राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले नयाँ सरकार निर्माणका लागि बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार नेपालको संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !