२० असार २०८१, बिहिबार

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण


रामचन्द्र पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आज सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको जानकारी दिएकी हुन् ।

संघीय संसदको दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर शीतल निवास पठाइएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका हुन् ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपतिद्वारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !