२० असार २०८१, बिहिबार

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री प्रचण्ड


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जाने भएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास जान लागेका हुन् ।

देशको पछिल्लो राजनीतिक अवस्थाको ‘ब्रिफिङ’ गर्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास जान लागेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बैठक सकिएपछि संचारकर्मीहरुलाई जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !