२० असार २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको हो ।

आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बैठक सकिएपछि संचारकर्मीहरुलाई जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !