१९ असार २०८१, बुधबार

ओलीले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई बालकोट बोलाए


केपी ओली सचिवालय बैठक बालकोट

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई आफ्नो निजी निवास बालकोट बोलाएका छन् ।

ओलीले एमालेका मन्त्रीहरुलाई आज साँझ ६ बजे आफ्नो निजी निवास बालकोट बोलाएका हुन् । एमालेबाट प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा आठ जना मन्त्रीहरु रहेका छन् ।

सत्ता परिवर्तनको चर्चा-परिचर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले पार्टीका मन्त्रीहरुलाई आफ्नो निवासमा बोलाउनुलाई विशेष चासोका साथ हेरिएको छ । सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकसकिएलगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच पटक-पटक भएको भेटपछि एमाले र काँग्रेस मिलेर नयाँ सत्ता समीकरणको प्रयास भइरहेको हल्ला चलेर नेपालको राजनीति तरंगित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !