१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी रहेको हो ।

देशको समसामयिक राजनीतिक विषय, सरकारका कामबारे र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा छलफल छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । ओली आइतबार बिहान करिब साढे ११ बजे सिंहदरबार पुगेका थिए ।

हिजो एमालेका अध्यक्ष ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ओलीको निजी निवास बालकोटमा दुई शीर्ष नेताहरुबीच भेटवार्ता भएको थियो ।

दुई नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने नखुलाएपनि प्रमुख सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल काँग्रेसका शीर्ष नेताहरुबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यो पनि पढ्नुहोस्

बालकोटमा ओली र देउवाबीच भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !