१७ असार २०८१, सोमबार

बालकोटमा ओली र देउवाबीच भेटवार्ता


प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओली बालकोट भेट फाइल फोटो

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा दुई शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो । ओलीलाई भेट्न पत्नी आरजुलाई लिएर देउवा शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए ।

ओली र देउवाबीच करिब सवा दुई घण्टा कुराकानी भएको बालकोट स्रोतले बताएको छ । दुई नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने नखुलाएपनि प्रमुख सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल काँग्रेसका शीर्ष नेताहरुबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले आपसमा दुई पार्टीबीच सहकार्य हुनुपर्ने अभिव्यक्ति दिँदै आएका बेला दुई शीर्ष नेताबीच भएको भेटवार्ताले नेपालको राजनीति तरंगित भएको छ भने प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मनमा भने ढ्यांग्रो बजेको हुनसक्ने आंकलनसम्म गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !