१५ असार २०८१, शनिबार

राष्ट्रियसभाको बैठक जारी


राष्ट्रियसभाको बैठक

काठमाडौँ । राष्ट्रियसभाको बैठक जारी रहेको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइने र राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिने कार्यसूची छ ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !