१४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक जारी


प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक जारी रहेको छ । बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा सबै विषयगत मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायको कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने समेत कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुनले आजै ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । त्यस्तै, अर्थमन्त्री पुनले ‘आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !