१३ असार २०८१, बिहिबार

आक्रोशित हुँदै ओलीले भने – गिरिबन्धु टी–स्टेटबारे बालेनलाई सोध्नू


प्रधानमन्त्री ओली संसद भवन फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

आज सोमवार संसद् भवन बाहिने क्रममा अध्यक्ष ओलीले गिरिबन्धु टिस्टेबारे प्रश्न उठिरहेको छ नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै आक्रोशित हुँदै ओलीले मेयर बालेनलाई सोध्न आग्रह गरेका हुन् ।

आजै बिहान मात्र काठमाडौंका मेयर शाहले एमालेका अध्यक्ष ओलीलाई १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला नत्र जेल जानुपर्ला भनेर चेतावनी दिएका थिए ।

आज सोमबार साहले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह गर्दै ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको आरोप लगाएका थिए ।

उनले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गामा गर्न खोजिएको नीतिगत घोटालामा ओलीको संलग्नताको आरोप समेत लगाएका हुन् । बालेनले गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीलाई बालेनको चेतावनी : गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनुहोला, जेल जानुपर्ला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !