३ मंसिर २०८१, सोमबार

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल


प्रचण्ड, देउवा र ओली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा देउवाबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताहरुबीच भएको भेटमा समसामयिक र बजेटका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

आउँदो आर्थिक वर्षको बजेटमाथि हिजो आइतबारदेखि संघीय संसद्‌का दुवै सदनमा छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच हिजो आइतबार पनि छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु