१४ असार २०८१, शुक्रबार

बजेटमाथिकाे छलफल गर्न संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै


संघीय संसद्

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । संघीय संसद्का दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको हो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक आज दिउँसो १२:१५ बजेका लागि बोलाइएको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ । संसद् सचिवालयका अनुसार बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।

यस्तै संसद् सचिवालयका अनुसार आजको राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !