२२ भाद्र २०८१, शनिबार

काँग्रेसद्वारा छानबिन समितिको सम्बन्धमा भएको मोटामोटी सहमति अनुमोदन


कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली काँग्रेस संसदीय दल र संसदीय दल कार्य समितिले सहकारीको रकम अपचलनको बिषमया गठन गर्ने भनिएको संसदीय छानबिन समितिका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरुबीच भएको पछिल्लो सहमतिलाई अनुमोदन गरेको छ ।

नेपाली काँग्रेसको संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रस संसदीय दल कार्य समिति र संसदीय दलको बैठक पछि बैठक बारे जानकारी गराउँदै प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठनको सम्बन्धमा हिजो भएको प्रमुख राजनीतिक दलहरुबीचको मोटामोटी सहमतिलाई बैठकले अनुमोदन गरेको बताए ।

उनले आजको बैठकमा पार्टी सभापति तथा संसदीय दलको नेता बैठकमा उपस्थित हुन नसकेकाले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको बताउँदै संसदीय छानबिन समितिको कार्यादेश, समिति सदस्य र अवधिको विषयमा मोटामोटी सहमति भएको र आजै दिउँसो त्यसको बारेमा ठोष सहमति भई लिपिबद्ध हुने पनि जानकारी दिए ।

आजै दिउँसो ३ बजेसम्मका उक्त समितिमा आफ्नो पार्टीबाट सदस्यकोरुपमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुको नाम संसद सचिवालयलाई उपलब्ध गराईने जानकारी दिंदै प्रमुख सचेतक लेखकले संयुक्त सदनको बैठक पछि बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त छानबिन समितिको कार्यादेश सहित पारित हुने बताए ।

छानबिन समिति निष्कर्षउन्मुख रहेको जानकारी दिंदै प्रमुख सचेतक लेखकले समग्र सहकारीको समस्या र त्यसको रकम अपचलनमा संलग्न व्यक्ति तथा संस्था सबैको बिषयमा उक्त छानबिन समितिले छानबिन गरी कारबाहीको लागि सिफारिश गर्ने भएकाले बन्ने लागेको छानबिन समितिमा व्यक्तिको नाम नै किटेर लेख्नु पर्छ भन्ने जरुरी नभएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !