१२ असार २०८१, बुधबार

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै


वर्षामान पुन फाइल फोटो

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/२०८२ को नेपाल सरकारको बजेट आज जेठ १५ गते प्रस्तुत हुँदै छ । नेपालको संविधानअनुसार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आज जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत गर्न लागिएको हो ।

प्रतिनिधिसभाको जेठ १३ गते आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्ने जानकारी गराएका थिए ।

उक्त बैठकका लागि दुवै सदनका सांसदलाई दिउँसो १२ः४५ बजेअघि नै उपस्थित हुन सभामुख घिमिरेले आग्रह समेत गरे ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम १३ गते आइतबार संघीय संसदका दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !