२२ भाद्र २०८१, शनिबार

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


कांग्रेस संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज मंगलबार बस्दै छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । सरकारले भोलि बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !