१५ असार २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट चौथोपटक पटक विश्वासको मत लिएका हुन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उपस्थित १५८ सांसदमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ ।

आजको प्रतिनिधिसभाको बैठकको मतदानमा सहभागी १५८ जना सांसदहरूमध्ये प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा १५७ मत परेकाे र साे संख्या संसदमा तत्काल कायम रहेकाे सदस्य संख्याकाे बहुमत भएकाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेकाे सभामुख देवराज घिमिरेले घाेषणा गरे ।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !