१३ असार २०८१, बिहिबार

उपेन्द्र यादवले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै


उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी छाडेका सातजना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनना आज सुनुवाइ हुँदैछ ।

अध्यक्ष यादवले जेठ ६ गते दायर गरेको रिट निवेदनमा आफ्नो पार्टी छाडेका सातजना सांसदलाई सरकारलाई विश्वासको मत दिन र संसदीय गतिविधिमा रोक लगाउन माग गरिएको छ ।

रिट निवेदनमा आफ्नो पार्टी छाडेका सांसदले प्रतिनिधिसभा सदस्य पद गुमाइसकेको जिकिर गर्दै निजहरुबाट प्रधानमन्त्रीले विश्वासको मत लिए पनि बदर हुने दाबी गरिएको छ । उक्त विवादको सुनुवाइ भोलि सोमबारका लागि तोकिएको छ ।

यसअघि, सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले यही जेठ २ गते निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्णय तत्काल यथास्थितिमा राख्न आदेश गरेको थियो ।

निर्वाचन आयोगले अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

गत वैशाख २३ गते राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा निर्वाचन आयोगले गत वैशाख २४ गते आधिकारिकताको प्रमाणपत्र दिएको थियो । जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये पाँच मात्रै सांसद छन् । उक्त विवादमा आज जेठ ८ गते दुवै पक्षको छलफलका लागि पेसी तोकिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !