११ असार २०८१, मंगलबार

संसदीय समितिको कार्यादेश तयार पार्न कार्यदलको बैठक जारी


पदम गिरी, महेश बर्तौला, कांग्रेसका जीवन परियार र शिशिर खनाल

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न कार्यदलको बैठक जारी रहेको छ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार जारी रहेको हो ।

सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि हिजो सहमत भएका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसद्मा अवरोध गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !