४ असार २०८१, मंगलबार

राष्ट्रियसभाको बैठक आज बस्दै


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्ने भएको हो ।

गत शुक्रबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको थियो । शुक्रबारको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ–आफ्नो आसनबाट उठेपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक आज जेठ ६ गते आइतबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका थिए ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् । अध्यक्षले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् ।

राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नेछन् ।

सञ्चारमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक र विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले सुरक्षित कारोबारसम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु