१८ असार २०८१, मंगलबार

काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित


संसदमा काँग्रेसको बिरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि शुक्रबार ११ बजेसम्मका स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वेल घेरेर नाराबाजी जारी राखेर अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको आज अपराह्न बसेको बैठकमा कांग्रेस र सत्ता साझेदार दल नेकपा (एमाले) का सांसदहरुबीच धकेलाधकेल भएको छ ।

सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबीच तनाव सिर्जना भएर धकेलाधकेल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !