१५ असार २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सिंहदरबारमा छलफल


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल जारी रहेको छ।

नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।

सहकारीको रकम हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् बैठक अवराेध गरिहेका बेला सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

हिजो मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर कांग्रेसले अवरोध गरेपछि संघीय संसदको दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रपति पौडेललाई धन्यवाद दिन पाएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !