वालिङ, स्याङ्जा । पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रहेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।
रेग्मी २०५८ सालमा राष्ट्रियसभाको सांसद बनेक थिए । उनी लामो समयसम्म शिक्षण पेसामासमेत सक्रिय रहेका थिए । रेग्मी केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए । काठमाडौँमा क्यान्सरको उपचार गराइरहेका रेग्मीको उपचारमा सुधार नदेखिएपछि उनलाई भीरकोट ल्याइएको थियो ।
नेपाली कांग्रेस स्याङ्जाका सचिव दामोदर लम्सालका अनुसार रेग्मीको आजै स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको रामनदीधाम (राम्दी) स्थित कालीगण्डकी नदीमा अन्त्येष्टि गरिने छ ।