७ मंसिर २०८१, शुक्रबार

कांग्रेसले संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने


कांग्रेस संसदीय दलको बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।

आज मंगलबार सिंहदरबारमा जारी कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।

यद्यपि नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्ने रणनीति अपनाएको छ । काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर सोमथिको छलफल गर्न भने नदिने भएको छ । आज संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्य गर्नुपर्ने बाध्यता रहेको छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकबीच बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई आग्रह गरेका थिए ।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति बनाउनेमा सकारात्मक देखिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !