२० कार्तिक २०८१, मंगलबार

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न कांग्रेसलाई आग्रह


प्रधानमन्त्री प्रचण्ड र गगन थापा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताबीचको छलफल सकिएको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका थिए ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकका अनुसार संसदको अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको जानकारी दिए । प्रधानमन्त्रीले गरेको आग्रहलाई काँग्रेसले आजै केही समयपछि बस्ने संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने लेखकले बताए ।

काँग्रेसको संसदीय दलको बैठकअघि संसद्को गतिरोध हटाउनका लागि काँग्रेस नेताहरु र प्रधानमन्त्री प्रचण्डबीच बिहानै छलफल भएको हो । आज संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्य गर्नुपर्ने बाध्यता रहेको छ ।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन समिति बनाउनेमा सकारात्मक देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !