२२ भाद्र २०८१, शनिबार

कांग्रेसको संसदीय दलको बैठक आज बस्दै


कांग्रेस संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । हिजो बस्ने भनिएको कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि सारिएको थियो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले हिजो दिउँसो १ बजेका लागि तय भएको संसदीय दल कार्यसमितिको बैठक र दिउँसो २ बजे बस्ने भनिएको संसदीय दलको बैठक आज जेठ १ गते विहान ९ बजे बस्ने गरी सारिएको जानकारी दिए ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामायिक विषय तथा सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठनलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठक थप तयारीका लागि एक दिन सारिएको बताए ।

कांग्रेसले सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिँदै आएको छ । यसैबीच, आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग छलफल गर्नुका साथै आज पनि बालुवाटारमा पनि छलफल जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !