१२ आश्विन २०८१, शनिबार

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेताबीच छलफल


प्रधानमन्त्री प्रचण्ड र गगन थापा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल जारी रहेको छ । कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका हुन् ।

काँग्रेसको संसदीय दलको बैठकअघि संसद्को गतिरोध हटाउनका लागि काँग्रेस नेताहरु र प्रधानमन्त्री प्रचण्ड बिहानैदेखि सक्रिय भएका हुन् । आज संसदमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्य गर्नुपर्ने बाध्यता रहेको छ ।

कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !