१५ असार २०८१, शनिबार

सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल


सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेबीच छलफल जारी रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा संसदको अवरोध खुलाउनेबारे सत्तारुढ दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । सत्तारुढ तीन दलको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आजै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल गर्ने बताइएको छ ।

जारी बैठकमा नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग राखेर निरन्तर संसद अवरोध र गठबन्धनको भावी कदमका बारेमा छलफल जारी रहेको बताइएको छ ।

कांग्रेसले सहकारी प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नगरे मंगलबारको बैठक पनि अवरोध गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री प्रचण्डले आज सोमबार साँझसम्म संसदको गतिरोध अन्त्य गर्ने विषयमा निष्कर्षमा पुगिने बताएका छन् ।

कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको अडान राखिरहेको छ । तर सत्तापक्ष संसदीय छानबिनको औचित्य नभएको बताउदै आएको छ । यद्यपि काँग्रेस सभापति शेरबहादुर देउवालाई हिजो भेटेपछि प्रधानमन्त्री प्रचण्ड संसदीय छानबिन बनाउन सकरात्मक देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !